प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८०-०७-२२

डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २४ को बिरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १३,०३५।- (तेह्र हजार पैतिस)  र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   अछाम:- जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.३ कागतोला बस्ने बल बहादुर शाहीको बाँझो घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ३५ को बिनोद शाही समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३६,१००।-  र  तास ४ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-२२

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बालुवाघाटबाट ६०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. २ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”बाट  ९२.४२ ग्राम लागू पदार्थ चरेश जस्तो देखिने कालो पदार्थ सहित होटेल सञ्चालक बर्ष ४८ को पदम बहादुर कार्कीलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले निजले आफ्नै घरमा सञ्चालन गरेको उक्त होटेलमा चेकजाँच गर्दा उल्लेखित पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    यसैगरि, जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गड्डाचौकीबाट २.०७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित  ऐ. बेदकोट न.पा.६ बस्ने बस्ने वर्ष २७ को चक्र घटाल र ऐ.बस्ने वर्ष २४ को दिल्ली राज भाटलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले  शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी निज दुबै जना सहित स्कुटी थान १ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-२२

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७,८७०।- बराबरको चिनी,पानीपुरी,नरिवल,ललिपप,लेडिज सुट लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल नजिकबाट अन्दाजी मूल्य रु. २५,०००।- बराबरको मिठाई,लेडिज सुट,कुर्ता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,८७०।–बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १२,६००।- बराबरको चिनी,तेल,मिठाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अवैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-२२

कञ्चनपुर:-जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका-१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका-१८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८०-०७-२०

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१ कालागौडी घर भई धनगढी कोठागरी बस्ने बर्ष ३५ को हेमराज अवस्थी समेत ३ जनालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ६७,६५६।–(सतसठ्ठी हजार छ सय छपन्न ) र तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।      यसैगरि, जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुन्दरपुर स्थित मानिस नबस्ने खाली कटेरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ४२ को हेम कार्की समेत ४ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ६३,२५०।- (त्रिसठ्ठी हजार दुई सय पचास ) र तास १ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-२०

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ३ बडारा नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५९,२००।– बराबरको लेडिज सुट,प्लाजा, चिनी,चकलेट,मिठाई लगायतका सामानहरु, धनगढी उ.म.न.पा. ४ संचयकोष कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. १,००,०००।- बराबरको लेडिज सुट,तामाको करुवा,ईलेक्ट्रोनिक दियो,दिपावलीका अन्य सामानहरु, धनगढी उ.म.न.पा. ७ मनहेराबाट अन्दाजी मूल्य रु. ६,०००।– बराबरको चिनी र  धनगढी उ.म.न.पा. ९ बाग्राकटानबाट अन्दाजी मूल्य रु. ७,५००।– बराबरको माछाको छिद्रा गरि जम्मा अन्दाजी मूल्य रु.१,७२,७००।–बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त न.पा. वडा नं. ६ बनखेतबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.१,३४,६१०।- बराबरको चिनी,गुड,बेसन,दाल,मिश्रीको धुलो,पापड,बिडी,पेठा लगायतका सामानहरु र भिमदत्त न.पा.१० बिधुत कार्यालय अगाडीबाट अन्दाजी मूल्य रु. ५५,०००।- बराबरको कस्मेटिक सामान र पटाका गरि जम्मा अन्दाजी मूल्य रु.१,८९,६१०।–बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सवारी दुर्घटनामा चार जनाको मृत्यु
२०८०-०७-१९

डोटी:-जिल्ला डोटी, शिखर न.पा. वडा नं. ०६ अण्यौल स्थित के.आई. सिंह राजमार्गमा धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भइ सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर आईतबार बिहान अन्दाजी ०२:२८ बजेतिर दुर्घटना हुँदा उक्त बोलेरोमा सवार चालक सहित १० जना मध्ये,सवार जिल्ला बाजुरा हिमाली गा.पा. ५ बस्ने बर्ष २२ की राधिका मलाल,ऐ. बस्ने बर्ष ३२ की धनशोभा बुढा,ऐ. बस्ने धनशोभा बुढाको छोरा बर्ष अन्दाजी ६ को कबिन्द्र बुढा,ऐ. बस्ने बिमला मलाल कि छोरी अन्दाजी ८ महिना की प्रार्थना मलालको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनमा घाइते भएका बोलेरोमा सवार अन्य ५ जनाको शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भईरहेको छ ।  बोलेरो चालक जिल्ला बाजुरा,गौमुल गा.पा. वडा नं. ४ काँडाकोट बस्ने बर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०७-१७

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० सिमलघाटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७६,३००।- बराबरको लेडिज सुट,उनी स्वीटर,प्लाष्टिक माला लगायतका सामानहरु, धनगढी उ.म.न.पा. २ भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु. ४०,३२०।- बराबरको चिनी,चप्पल,पित्तलको दियो,घण्टी,सप्तरंगी टिका लगायतका सामानहरु र भजनी न.पा. ५ लखरैयाबाट अन्दाजी मूल्य रु. १२,०००।– बराबरको पोटास गरि जम्मा अन्दाजी मूल्य रु.१,२८,६२०।–बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित गुम्बा नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७६,७००।- बराबरको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल,लेडिज उनी स्वीटर लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।      यसैगरि, जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नम्वर ४ गल्ली नं. ५ स्थित रहेको ऐ.बस्ने बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५,५०,०००।- ( पाँच लाख पचास हजार ) बराबरको डि.ए.पि.( D.A.P) मल, युरिया मल, कोपीला पशु आहार, धनियाको बिउ लगायतका सामानहरु बिहीबार साँझतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरि, जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट भन्सार छली गरि अबैध रुपमा भारत तर्फ निर्यात गर्ने उद्देश्यले लुकाई छिपाई राखेको Made in china लेखेको १०० वटा पेटी लाईटर र  ओखर ६० के.जी.गरि अन्दाजी मूल्य रु. ६,७४,०००।– ( छ लाख चौहत्तर हजार) बराबरको सामान बिहीबार राती ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी सामान सहित उक्त कार्यमा संलग्न जिल्ला चम्पावत, पोष्ट अफिस बनबास,भारत घर भएको बर्ष ३८ को दिपक जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८०-०७-१६

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ स्थित साथीभाई होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ५ बस्ने बर्ष ४६ को पवन पन्त समेत ९ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३३,८५५।– र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१ बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २९ को तेज बहादुर राना समेत ८ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ४०,९२७।– र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१६

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बैतडी,सिगास गा.पा. ९ बस्ने बर्ष २४ को सन्दिप चन्द समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ६ हात्तीबोझा बस्ने बर्ष २९ को जयराम रानालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
२०८०-०७-१५

कैलाली:-जिल्ला कैलाली, गोदावरी न.पा. ६ खैरेनापुल स्थित सडकमा सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राती दुर्घटना हुँदा चालक ऐ.४ बस्ने बर्ष २६ को राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । कञ्चनपुर:-जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ अर्जुनी जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा UK03D5956 भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझतिर दुर्घटना हुँदा चालक चम्पावत जिल्ला पुर्णागिरी गाउँ भारत बस्ने बर्ष २५ को रोहीत अग्रवालको मृत्यु भएको छ । साईकल यात्री शुक्लाफाँटा न.पा.५ गर्जमुनी बस्ने बर्ष २० को  रमेश पाललाई बचाउन खोज्दा उक्त मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१५

     कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. ८ खक्रौला स्थित सडक खण्डबाट ५ ग्राम ४४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर (भारत) बस्ने बर्ष ३५ को प्रेम सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी भारतिय नम्बर प्लेट UP 31BY 2728 को मोटरसाईकल थान-१ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरि, धनगढी उ.म.न.पा. २ त्रिनगरबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने दुई जना किशोरलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-१५

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ बङग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७७,०००।- बराबरको प्याज,सिम्ला खुर्सानी,हरियो खुर्सानी लगायतका सामानहरु, धनगढी उ.म.न.पा. १ कलाकारचोक र बालुवाघाटबाट अन्दाजी मूल्य रु.८०,५००।- बराबरको कुर्ता सुरुवाल,लेडिज सुट,सप्तरंगी टिका,फुलमाला लगायतका सामानहरु र धनगढी उ.म.न.पा.२ भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु. ७१,२९०।– बराबरको चिनी,मैदा,खुर्सानी,नरिवल,लेडिज जुता,बच्चाको जुता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,२८,७९०।–बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।      यसैगरि,जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ बोराडाडी चोक स्थित न्यु साहिबा टर्बो रिपेयर सेन्टरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मूल्य रु.१,५०,५००।–(एक लाख पचास हजार पाचँ सय) बराबरको हार्डवयरका सामानहरु मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले फेला पारी उक्त सामान सहित संचालक भारतको बिहार मोतिहारी घर भई हाल धनगढी उ.म.न.पा. ३ कोठा गरी बस्ने बर्ष २७ को निजामुनी अन्सारीलाई समेत नियन्त्रणमा लिई, उक्त सामान र  निजलाई आवश्यक कारबाहीको लागी प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. वडा नं. ४ र ६ बाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १,७४,०१०।- बराबरको लेडिज सुट,धोती,जुता,चिनी,मिठाई,फुलमाल लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।      

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-१४

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३९,२८०।- बराबरको चिनी,पानीपुरी,मिठाई,लेडिज सुट,साडी लगायतका सामानहरु, जोशीपुर गा.पा १ जोशीपुर बजार र जोशीपुर गा.पा ३ लक्कडबाट अन्दाजी मूल्य रु. २१,०००।- बराबरको नरिवल,सुर्ती,मसला,बिडी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६०,२८०।–बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. ६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १,७८,४४०।-(एकलाख अठहत्तर हजार चार सय चालिस) बराबरको चिनी,दाल,तेल,प्लाष्टिक,सुर्ती लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।      

लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१३

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ स्थित महाकाली नदीमा निर्माणाधिन पुल नजिक सडक खण्डबाट ०.३१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त न.पा. १२ बस्ने बर्ष २२ को मौसम भट्ट भन्ने महेश भट्ट र  ऐ. भिमदत्त न.पा. १७ बस्ने बर्ष  २६ को कपिल भट्टलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी स्कुटी थान-१ सहित निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।        यसैगरि,जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ बैशाखा पुलबाट २.३५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २५ को उत्तम बुडाल र बर्ष २८ को महेन्द्र बुडाललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल थान-१ सहित निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

फरार प्रतिवादी पक्राउ
२०८०-०७-०२

कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट चोरी मुद्धामा मिति २०७८।०७।०७ गतेको फैसलाले ९ महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.४ बस्ने बर्ष २० को युबराज शाहुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।         कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट वन मुद्धामा मिति २०७७।०८।१० गतेको फैसलाले रू.२,७५,०००।–(दुई लाख पचहत्तर हजार) जरिवाना र ३ महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला कैलाली,गोदावरी न.पा.२ महरा कटान बस्ने बर्ष ३६ को बिरू बुढाथोकी मगरलाई ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।   

लागू औषध चरेस र चितुवाको छाला सहित तीन जना पक्राउ
२०८०-०७-०२

     कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ४ शहिद गेट नजिक रहेको जुमेरा होटलबाट लम्बाई ७ फिट ६ ईन्च, चौडाई १ फिट १० ईन्च भएको चितुवाको छाला थान-१ र ६ किलो ७४० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बाजुरा,गौमुल गा.पा.१ बस्ने बर्ष २६ को धन कृष्ण रोकाया, ऐ.बुढिगंगा न.पा.१० बस्ने बर्ष ३० को हेम राज जैशी र जिल्ला बैतडी,मेलौली न.पा.३ बस्ने बर्ष २४ को करन चन्दलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,जिल्ला प्रहरी कार्यालय कैलाली,वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उल्लेखित चितुवाको छाला र लागू औषध फेला पारी निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

लागू औषध चरेस सहित दुई जना पक्राउ
२०८०-०७-०१

दार्चुला:- जिल्ला दार्चुला,मालिकार्जुन गा.पा.८ शंकरपुर पस्ती थक्तोली स्थित सडक खण्डबाट १ किलो ६०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ,बुंगल न.पा.७ बस्ने बर्ष ३६ को उज्जल बहादुर बोहरा र सोही ठाँउ बस्ने बर्ष २८ को राम बहादुर बोहरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्ती दार्चुलाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-०१

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २२ को रोहित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ६ बेलौरी बजारको खुला मञ्चबाट ०.३७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगर पालिका वडा नं.४ बस्ने बर्ष २६ को टेक बहादुर चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरि,जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ७ नकैयाबाट ९.७८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला पिलिभित भगवानपुरी थाना वेहला ग्राम भारत बस्ने बर्ष ४० को महेन्द्र सिंहलाई बुधबार बिहानतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-०१

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ३ मिलनचोक अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५१,०००।– बराबरको लेडिज सुट,चिनी,मिश्री,नरिवल,हार्डवेयरका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरि, भजनी न.पा.३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १,०६,७००।– बराबरको सुतीको कपडा,धोतीको कपडा,कुर्ता सुरुवाल लगायतका  सामानहरु बुधबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।– बराबरको चिनी,प्लाष्टिक,साईकल लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     

अधिक लोड >>
कम देखाउनुहोस् <<